युएईविरुद्ध नेपालले बलिङ गर्दै
काठमाडाैं | कात्तिक १७, २०८०
काठमाडौं: नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईसँग टस हारेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपालले फिल्डिङको निम्तो पाएको छ ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।
नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलो खेल खेल्नुअघि सिंगापुरविरुद्ध सोमबार नै एंकलमा चोट लागेको थियो । टसको समयपछि उनी घाइते भएपछि प्लेइङ-११ परिवर्तन गर्दै विवेक यादवलाई नेपालले मौका दिएको थियो । दीपेन्द्रले बिहीबार नेटमा अभ्यास गरेका थिए । दीपेन्द्रले मुलपानी मैदान आए देखीनै सुरुवात देखीनै नेटमा अभ्यास गरेका थिए । दीपेन्द्रलाई नेपालले खेलाउने जोखिम लिएको छ ।
नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।
नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन । नेपाल त्यो हारको बदला लिँदै विश्वकप खेल्न चाहन्छ ।
नेपालले समूह चरणमा सिंगापुरलाई ८ विकेट, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले हराएको थियो । हङकङलाई २२ रनले हराएको थियो ।
नेपाल र युएईबीच टि२० आईमा ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टी-२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ ।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव, सन्दीप लामिछाने,
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका...

